सोझो सेटमा जित निकाल्दै जोकोभिच क्वाटरफाइनलमा

काठमाडौं । सर्वियन स्टार नोभाक जोकोभिच वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

जोकोभिचले चौथो चरण अन्तर्गत सोमबार सम्पन्न खेलमा घरेलु खेलाडी एलेक्स डि मिनाउरलाई ३-० को सोझो सोटमा पराजित गरेका हुन् ।

जोकोभिचले मेलर्बनस्थित रोड लेभर एरिनामा  खेल ६-२, ६-१ र ६-२ ले  आफ्नो पक्षमा पारेका हुन् ।

जोकोचिच बुल्गेरियाका ग्रिगोर दिमित्रोभलाई ७-६ (९-७), ६-३ र ६-४ तथा मिनाउर फ्रान्सका बेन्जामिन बोन्जीलाई ७-६ (७-०), ६-२ र ६-१ ले पराजित गर्दै चौथो चरणमा प्रवेश गरेका थिए ।

जोकोभिचले  क्वाटरफाइनलमा  रुसका एन्ड्री रुब्लेभको सामाना गर्नेछन् । रुब्लेभ नर्वेको होल्गर रुनेलाई ७-३, ३-६, ६-४, ४-६ र ७-६ ( ११-९) ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेका हुन् ।