नेपाल हाप्किडो संघ

काठमाडौंमा हाप्किडोको अन्तर्राष्ट्रिय सेमिनार हुने

काठमाडौंमा । दोस्रो अन्तर्राष्ट्रिय  हाप्किडो सेमिनार फेब्रुअरी ४ र ५ मा काठमाडौंमा आयोजना हुने भएको छ । नेपाल हाप्किडो संघको वार्षिक कार्यक्रममा रहे पनि कोरोना महामारीका कारण  पछिल्ला दुई वर्ष यो सम्भव सम्भव भएको थिएन ।

सन् २०२० को जनवरीमा पोखरामा भएको पहिलो सेमिनारमा २० देशको सहभागिता थियो ।

ग्लोबल हाप्किडो महासंघका अध्यक्ष ग्रान्डमास्टर हिक्वान ली, अन्तर्राष्ट्रिय हाप्किडो महासंघका अध्यक्ष ग्रान्डमास्टर गेरहार्ड अग्रिन्ज,मेक्सिकन हाप्किडो फेडेरेसनका अध्यक्ष ग्रान्डमास्टर एड्रियन गेरार्डो गार्सिया टोरेस, रसियन हाप्किडो महासंघका अध्यक्ष ग्रान्डमास्टर डेमिड मोमोट र हाप्किडो सिनियर मास्टर तथा दक्षिण एसियाली हाप्किडो महासंघका अध्यक्ष कालीबहादुर घर्ती मगरलगायतले सो सेमिनारमा प्रशिक्षण दिने छन् ।

अध्यक्ष मगरले कार्यक्रमले हाप्किडा खेलको विकासमा नयाँ आयाम थप्ने विश्वास लिइएको बताउदै प्राविधिक जनशक्ति उत्पादन र ती जनशक्ति मार्फत नेपालको ग्रामिण क्षेत्रमा हाप्किडो खेललाई फैलाउने लक्ष्य रहेको बताए ।

यसैगरी अन्तर्राष्ट्रिय  क्षेत्रमा नेपालको पहिचान बढाउन पनि यो सेमिनार सफल हुने अपेक्षा गरिएको नेपाल हाप्किडो संघको उपाध्यक्ष तथा मुख्य प्रशिक्षक सुस्मिता गुरुङले बताइन् ।