एनएनआइपिए स्पोर्टस अवार्ड

एनएनआइपिए अवार्डः वर्षका उत्कृष्ट ३६ खेलाडी सम्मानित

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले ३६ खेलको वर्ष २०७९का उत्कृष्ट खेलाडीलाई सम्मान गरेको छ ।

एनएनआइपिएले हरेक वर्ष एनएनआइपिए स्पोर्टस अवार्डमा राष्ट्रिय खेलकुल परिषद् (राखेप)बाट मान्यता प्रत्येक खेलको एक उत्कृष्ट खेलाडीलाई सम्मान गर्दै आएको छ ।

सोमबार शंखमुलस्थित यल दरबार भेन्युमा जारी समारोहमा एनएनआइपिएले नवौ राष्ट्रिय खेलकुदमा समावेश गरिएको ३६ खेलका उत्कृष्ट एक खेलाडीलाई सम्मान गरेको हो । सबै १० हजार रुपैयाँबाट सम्मानित भए ।

यसैगरी भारोत्तलनका दुर्गामान तामाङलाई पारा एथलिट सम्मान,धर्ममान बज्राचार्यलाई गजराज आर्दश खेल व्यक्तित्व सम्मान प्रदान गरियो । उनीहरुले क्रमशः १५ हजार र ३५ हजार रुपैयाँ प्राप्त गरे ।

वर्ष २०७९ का उत्कृष्ट खेलाडीः

आर्चरी, प्रशदा आचार्य

एथलेटिक्स, दीपक अधिकारी

ब्याटमिन्टन, प्रिन्स दाहाल

बास्केटबल, अनुषा मल्ल 

बक्सिङ, सुष्मा तामाङ

बडिविल्डङ, अशिमबावु गुरुङ

चेस, रुपेश जैसवाल

क्रिकेट, रोहितकुमार पौडेल (राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान) 

साइक्लिङ, सुरज रानामगर

फेन्सिङ, शिक्षा नापित

फुटबल, किरणकुमार लिम्बु (राष्ट्रिय फुटबल टोलीका कप्तान)

फुल कन्ट्रयाक कराते, सन्देश मानन्धर

गल्फ, सुवास तामाङ

जिम्न्यास्टिक, राजु राई

ह्यान्डबल, शान्तिकला राई

हक्की, महेश धानी

आइटिएफ तेक्वान्दाे, रुविका खड्का

जुडो, देवकीमाया श्रेष्ठ

कबड्डीः अनुजा कुलुङराई

कराते, विजय श्रेष्ठ

खो खो, सरस्वती कठायत

लन टेनिस, सलोनी तामाङ

प्याराग्लाइडिङ, रीता श्रेष्ठ थापा 

रग्बी, निरोज कार्की

सेपाकताक्रो, उषा महर्जन

स्क्वास, अमृत थापामगर

सुटिङ, सुजन रानामगर

सफ्ट टेनिस, युकेश योञ्जन

स्विमिङ, डुवाना लामा

टेबल टेनिस, स्यान्टु श्रेष्ठ

तेक्वान्दो, काजल श्रेष्ठ

ट्रायथलन, श्रेबी महर्जन

भलिबल, रविन चन्द

भारोत्तलन, जुनमाया छन्त्याल

उसु, समन गुर्सी

रेस्लिङ, सुरेश चुनारा