ट्वान्टी २० शृंखला

आयरल्यान्ड ‘ए’ ले दियो नेपाललाई १२२ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड ‘ए’ ले ट्वान्टी २० शृंखलाको पहिलो खेलमा नेपालसामू १२२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट विकेट गुमाउँदै १२१ रनको योगफल तयार पार्यो ।

आयरल्यान्डका लागि स्टेफन डोहिनीले ४९ बलमा चार चौका र दुई छक्काको मद्दतले सर्वाधिक ४६ रनकाे याेगदान गरे  । यसैगरी थाेमस मायस र लियम म्याकर्थीले समान १६, फियोन ह्यान्डले ११ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेल, ललितनारायण राजवंशी र गुल्सन झाले समान दुई तथा करण केसी र कुशल मल्लले सामन एक विकेट लिए ।