बैकुन्ठ मानन्धर

बैकुन्ठ मानन्धर सम्मानित

काठमाडौं । क्यामेलिया स्कुलको रजत महोत्स्वको अवसरमा एथलेटिक्सका बैकुन्ठ मानन्धर र करातेका करातेका उदियमान खेलाडी आर्यन रंजिलताई सम्मान गरिएको छ ।

ओलम्पियन बैकुन्ठ तत्कालिन साफ गेम्समा तीन स्वर्ण पदक जित्ने धावक हुन् । यसैगरी आर्यन कराते मार्फत सानै उमेरमा वर्ल्ड बुक अफ रेकर्ड राख्न सफल भएका छन् ।

उनीहरुलाई नगद सहित सम्मानित गरीयो । यस खालको सम्मानले उदियमान खेलाडी तथा पुर्व एतिहासिक ब्यक्तित्वहलाई थप हौसला मिल्ने विद्यालयका प्रिन्सिपल रूद्रमणि अधिकारीले बताए।