महिला हक्की

जर्सी वितरण समयमा नहुँदा समयमा सुरु भएन महिला हक्की

महिला हक्की हुने गण्डकी बोर्डिङको खेल मैदान ।

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला हक्की निर्धारित समयभन्दा ढिलो हुने भएको छ । आयोजकले सहभागी टिमहरुलाई जर्सी वितरणमा ढिलो गरेपछि खेल पूर्वनिर्धारित समयमा सुरु हुन सकेन ।

नेपाली खेलकुदको कुम्भ भेला भनिएको राष्ट्रिय खेलकुदअन्तर्गत महिला हक्की पोखरास्थित गण्डकी बोर्डिङमा ११: ३० बजे सुरु हुने भनिएको थियो । तर, आयोजक गण्डकी प्रदेशबाहेक अन्य टिमलाई समयमा जर्सी उपलब्ध नगराएपछि खेल निर्धारित समयभन्दा ढिलो सुरु हुने भएको छ ।

‘महिला हक्की ११: ३० बजे सुरु हुने तय थियो । तर, गण्डकी प्रदेशबाहेक अन्य टिमले जर्सी समयमा नपाएका कारण खेल ढिलो हुने भयो,’ हक्की खेलका संयोजक राजन नेपालीले खेलाडी डटकमसँग भने, ‘अन्य टिमका खेलाडीहरु जर्सीको पखाईमै हुनुन्छ । त्यसैले ढिलो भयो ।’

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष हक्की गौरिशंकर खेल मैदान हेम्जामा बिहीबारदेखि नै सुरु हुनेछ ।