नवौं राष्ट्रिय खेलकुद

राष्ट्रिय खेलकुद लक्षित एन्टी डोपिङ सम्बन्धी प्रशिक्षण

काठमाडौं । नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषदको संयुक्त आयोजनामा भएको दुई दिने एन्टी डोपिङ परिक्षणको प्रशिक्षण सम्पन्न भएको छ । नवौं राष्ट्रिय खेलकुदलाई लक्षित गरेर यो कार्यक्रम आयोजना गरिएको हो । राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक यसपल्ट एन्टी डोपिङको परिक्षण हुनेछ ।

ओलम्पिक कमिटीको सातदोबाटो स्थिति भवनमा आयोजित कार्यक्रममा ३० जनाको सहभागिता रहेको थियो । त्यसमा चिकित्सक र नर्सले भाग लिएका थिए । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कार्तिक ३ सम्म गण्डकी प्रदेशमा हुँदैछ ।

कार्यक्रमका अवसरमा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले नेपालमा एन्टी डोपिङ परिक्षणका लागि दक्ष जनशक्तिको अभाव रहेको बताउँँदै यस प्रशिक्षणले त्यसको पूर्ति हुने मदत पुग्ने बताए । उनले नेपाली खेलकुदमा ‘क्लिन स्पोर्टस’ मा जोड दिनु हुँदै अन्तर्राष्ट्रिय ठूला प्रतियोगितामा एन्टी डोपिङ परिक्षण हुने हुँदा त्यसमा सजग हुन आवश्यक रहेको जिकिर गरे ।

नवौं राष्ट्रिय खेलकुदका लागि चिकित्सक नविशमान सिंह प्रधानको अध्यक्षमा एन्टी डोपिङ कमिटी समेत गठन गरिएको छ ।