एएफसी यु १७ एसियन कप छनोट २०२३

नेपाल जितविहीन

काठमाडौं । एएफसी यु १७ एसियन कप छनोट २०२३ मा नेपाल जितविहिन बनेको छ ।

आइतबार सम्पन्न समूह ‘एफ’ को अन्तिम  खेलमा नेपाल चाइनिज ताइपेइसँग ४–२ ले पराजित भयो ।

खेलको तेस्रो मिनेटमै स्ट्राइकर लिन हाइ चिङले गरेको गोलमा चाइनिज ताइपेइले अग्रता लिएको थियो । नवौं मिनेटम कप्तान प्रशान्त लक्ष्यमको गोलमा नेपाल खेलमा फर्किएको थियो ।

२८औं मिनेटमा ताइ यान याओको गोलमा ताइपेइले पुनः अग्रता लिएको थियो । ६१औं मिनेटमा धन सिंह बिकको गोलमा नेपाल खेलमा फर्किएको थियो ।

७९औं मिनेटमा रक्षक दिपक थापा मगर दोस्रो पहेँलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएसँगै नेपालले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो । ८०औं मिनेटमा लु इन थिङको फ्रिकिक गोलमा ताइपेईले अग्रता ३–२ मा पुर्याएको थियो । ८९औं मिनेटमा ताइ यान याओले ताइपेईका लागि चौथो गोल गरे ।

लगातार दुई खेलमा पराजित भएसँगै छनोट चरण पार पर्ने नेपालको लक्ष्यमा पूर्णविराम लागिसकेको थियो । त्यसैले नेपालसामु चाइनिज ताइपेइविरुद्धको खेलमा जितसहित प्रतियोगितामा सुखद अन्त्य गर्ने अवसर थियो । जसमा नेपाल चुक्यो ।

पहिलो खेलमा थाइल्यान्डलाई ३–० को नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा घरेलु टोलीलाई ५–० को नतिजा सुम्पिएको थियो ।

यता चाइनिज ताइपेइ भने प्रतियोगितामा सुखद अन्त्य गर्न सफल भएको छ । पहिलो खेलमा भियतनामसँग ४–० ले पराजित भएको चाइनिज ताइपेइले दोस्रो खेलमा थाइल्यान्डलाइए ३–१ को नतिजा सुम्पिएको थियो ।

समूह ‘एफ’ मा भियतनाम दुई खेलमा दुई जितपछि ६ अंकसहित शीर्ष स्थानमा छ भने समान खेलमा दोस्रो स्थानको थाइल्यान्डको समान ६ अंक छ ।

तेस्रो स्थानको चाइनिज ताइपेइको तीन अंक रह्यो भने नेपाल तनि खेलमा अंकविहीन रह्यो  ।

आजै हुने थाइल्यान्ड र भियतनाबीचको खेलले समूह एफको विजेताको  टुङगो लगाउने छ ।
। 
छनोट चरण्मा सहभागी ४४ टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शीर्ष स्थानमा रहने टोली स्वतः एसिया कपमा छनोट हुनेछ । त्यस्तै उत्कृष्ट ६ उपविजेता टोलीले पनि एसिया कपको टिकट काट्नेछ ।