अशोक खड्का

प्रदेशसभा चुनावमा तेक्वान्दो प्रशिक्षक खड्काको उम्मेदवारी

काठमाडौं । तेक्वान्दो प्रशिक्षक अशोक खड्काले प्रदेशसभा चुनावका लागि स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् ।

तेक्वान्दोका अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता तथा अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री खड्काले शनिबार आयोजित एक कार्यक्रमकाबीच काठमाडौं क्षेत्र नम्बर दुई (ख) बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरे ।

‘छल्नेलाईभन्दा बदल्नेलाई  खोजौं, देश निर्माणका लागि युवालाई नै रोजौं’ भन्ने मुल नाराका साथ खड्काले युवा पुस्तालाई देश विकासको नेतृत्व सुम्पनुपर्ने आह्वान गरे ।

उनले जनताका आधारभूत आवश्यकता सम्बोधन गर्नका लागि शिक्षा, स्वास्थ्य लगायतका कुरामा आफ्नो विशेष ध्यान रहने र यसका लागि स्थानीय जनताले आफूलाई प्रदेशसभा चुनावमा मतदान गर्नेमा आशावादी रहेको बताए ।

उक्त कार्यक्रममा विभिन्न खेल क्षेत्रका व्यक्तित्व, रेफ्री, खेलाडी, स्थानीय राजनीतिक दलका नेता कार्यकर्तालगायतको सहभागिता थियो ।