नवौं राष्ट्रिय खेलकुद

नवौं राष्ट्रिय खेलकुदका लागि मधेश प्रदेशस्तरीय फुटबल छनोटको खेल तालिका सार्वजनिक

काठमाडौं । आसन्न नवौं राष्ट्रिय खेलुकदका लागि मधेश प्रदेशस्तरीय छनोट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको लागि मधेश प्रदेशले असोज तीन गतेदेखि सात गतेसम्म छनोट प्रतियोगिता गर्ने भएको छ ।

छनोट प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । लालबन्दी, सर्लाहीमा हुने प्रतियोगिताको पहिलो खेलमा समूह ‘क’ बाट धनुषा र सर्लाहीले प्रतिस्पर्धा गर्नेछ । खेल दिउँसो एक बजे हुनेछ ।

सोही दिन दिउँसो तीन बजे हुने खेलमा समूह ‘ख’ बाट रौतहट र महोत्तरीबीच प्रतिस्पर्धा हुनेछ ।

असोज चार गते दिउँसो एक बजे हुने खेलमा समूह ‘ख’ बाट सिराहा र सप्तरी भिड्नेछन् । दिउँसो तीन बजे हुने खेलमा समूह ‘क’ बाट पर्सा र बारा आमने सामने हुनेछन् ।

प्रतियोगिताको सेमिफाइनलका खेलहरु पाँच गते हुनेछन् । फाइनल खेल असोज सात गते हुने तालिका रहेको आयोजकले जानकारी दिएको छ ।

गण्डकीमा असोज २८ गतेदेखि कात्तिक तीन गतेसम्म नवौं राष्ट्रिय खेलकुद आयोजना हुँदैछ । जसको प्रदेश तथा जिल्लाहरुले धमाधम छनोट गरिरहेका छन् ।