प्रीति राई

प्रीतिलाई उम्रो नेपालको साथ

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर प्रीति राईलाई उम्रो नेपालले प्रायोजन गर्ने भएको छ ।

उम्रोले प्रीतिसँग वार्षिक ६ लाख पाउने गरी एक वर्षको प्रायोजन सम्झौता गरेको हो । सम्झौताअनुसार प्रायोजनको आधा रकम नगद आउनेछ । जसमा प्रीतिले प्रत्येक महिना २५ हजारका दरले पाउनेछिन् । यस्तै, बाँकी रकम बराबर भने उम्रोले आफ्नो सामग्रीहरु प्रदान गर्नेछ ।

‘मलाई माया र समर्थन गर्नुभएकोमा उम्रो नेपालप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु,’ प्रीतिले भनिन् ।

काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले पहिलो पटक भारतलाई पराजित गर्दा प्रीति खेलको ‘प्लेयर अफ दी म्याच’ चुनिएकी थिइन् ।