आउ खेल खेलौं

‘आउ खेल खेलौं’ कार्यक्रम सुरु

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको आयोजनामा ‘आउ खेल खेलौं’ कार्यक्रम शनिबारदेखि सुरु भएको छ । राखेपका सदस्यसचिव टंकलाल घिसिङले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच कार्यक्रमको उद्घाटन गरे ।

कार्यक्रमअन्तर्गत सहभागीलाई फुटबल, क्रिकेट, रग्बी, बास्केटबल, कराते र तेक्वान्दोको आधारभूत प्रशिक्षण दिइने छ । प्रशिक्षण साताको एकदिन शनिबार मात्र सञ्चालन हुनेछ । ८ देखि १५ वर्ष उमेरसमूहलाई लक्षित गरी राखेपले कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले प्रतिभावान खेलाडीको पहिचान गर्नुका साथै खेलकुदप्रति सानै उमेरदेखि आकर्षित गर्न राखेपले कार्यक्रमको सुरुआत गरेको बताए ।