मलेसिया ओपन तेक्वान्दो

मनोजलाई स्वर्ण

क्वालालम्पुर । मनोज श्रेष्ठले मलेसिया ओपन तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । 

नेप्लिज तेक्वान्दो एकेडेमीका उत्पादन मनोजले पुरुष ५८ केजीमुनि स्वर्ण जितेको एकेडेमीका अध्यक्ष समेत रहेका काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् । स्वर्ण जित्ने क्रममा मनोजले ४ खेलाडीलाई पराजित गरेका थिए ।