नवौं राष्ट्रिय खेलकुद

५० दिनमा नवौं राष्ट्रिय खेलकुद

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदका लागि अब ५० दिनमात्र बाँकी रहँदा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले हालसम्मको तयारीको विवरण सार्वजनिक गरेको छ ।

राखेपले बिहीबार पत्रकारसम्मेलन गर्दै राष्ट्रिय खेलकुदको तयारीबारे जानकारी दिएको छ ।

राखेपले हालसम्म ३६ वटा खेलका खेलाडी कोटा र खेल इभेन्ट्स स्वीकृत भएको, प्रतियोगिताका लागि ६० करोड बजेटको सुनिश्चितता र १० करोड निकासा भइसकेको, काठमाडौं र पोखरामा कार्यकारी समितिको सचिवालय स्थापना भएको, प्रचार प्रसारको काम सुरु भएको जनाएको छ ।

यस्तै, खेलतालिका निमार्ण, राष्ट्रिय ट्रफी, विजेता ट्रफी र मेडलको खरिदलगायतका कामहरु बाँकी रहेको र यी सबै काम असोज १५ गतेसम्म सकिसक्ने जनाएको छ ।

सम्पन्न कार्यहरु

- ३६ वटा खेलका खेलाडी कोटा र खेल इभेन्ट्स स्वीकृत

- खेलाडी संख्या प्रत्येक टिमबाटः महिला ३३५, पुरुष ३७४ जना, जम्मा खेलाडी संख्या ७०९

- टिम ११ वटा: सबै टिमबाट जम्मा ७७९९ जना, (महिला ३६८५ र पुरुष ४११४)

- पदक संख्या स्वर्ण ३९३,रजतः ३९३ र कास्य ६००

- ६० (साठी) करोडको बजेट सुनिश्चित, पहिलो किस्ता वापत १० करोड निकासा ।

- लोगो, मस्कट, नारा छनो भई स्वीकृत भएको ।

- नवौं राष्ट्रिय खेलकुदको आयोजना तथा सञ्चालन सम्बन्धमा नवौं राष्ट्रिय खेलकुद कार्यकारी समितिका संयोजक, गण्डकी प्रदेशका मुख्य मन्त्री, पोखरा महानगरपालिकाका मेयर, गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजीसहितको वृहत बैठक सम्पन्न ,

- बैठकमा प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषदबाट गरिएको अपेक्षाकृत सूचीमा सकारात्मक छलफल भई कार्यन्वयका लागि प्रतिवद्धता व्यक्त भयो । साथै नवौं राष्ट्रिय खेलकुद-२०७९ लाई भव्यरुपमा सफल पार्न पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर भएको ।

-  कार्यकारी समितिको सचिवालय स्थापना, काठमाडौं र पोखरामा ।

- १३ वटा विषयगत उपसमितिका संयोजक र सचिवको मनोनयन भईसकेको । उपसमितिको कार्यविधि र बजेट कार्यकारी समितिमा पेश भई सकेको ।

- विषयगत उपसमितिको टिओआर स्वीकृत

- उपसमितिहरुको कार्यविधि तथा कार्यतालिका बनाई काम प्रारम्भ गरिएको

- खेल सामाग्री लगायत खरिदका लागि लागत अनुमान कमिटि गठन भई कार्य सूरु भएको

-  प्रचार प्रसारको काम सुरु भएको ।

- राष्ट्रिय खेलकुद परिषदको एप तथा धभद मार्फत नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार प्रसार तथा सूचना प्रवाह गर्ने व्यवस्था मिलाउने गरि काम अघि बढेको प्रक्रियामा रहेको

प्रकृयामा रहेका कार्यहरु

-  खेलतालिका निर्माण हुदै

- खेल सामाग्री, खेल पोशाक, किड्स ब्याग खरिदका लागि अनलाईन टेण्डर सूचना गरिसकिएको

-राष्ट्रिय ट्रफी विजेता टफी र मेडलको नमूना संकलन कार्य भई खरिद प्रक्रिया अगाडि बढिसकेको

-उद्घाटन तथा समापन समारोहका लागि उपसमितिबाट खरिद प्रकृया सुरु भएको

- भदौ २४ गतेदेखि पोखरा रंगशालामा मास पीटीको अभ्यास सुरु 

- नवौं राष्टिय खेलकद-२०७९ मा समावेश खेलका खेलस्थलहरुको खेलस्थल व्यवस्थापन उपसमितिबाट प्रारम्भिक अध्ययन गरी खेलस्थलको नामावली पेश भइसकेको 

 - खेल स्थल निर्धारणका लागि सम्बन्धित खेल संघका पदाधिकारी र  प्रविधिक टोलीबाट निरिक्षण हुने क्रम जारी । १५ भदौ सम्म खेल स्थालको टंगो लागि सक्ने छ। 

- खेलाडी तथा अफिसियलको बसोवासका लागि पोखरामा होटलका संख्या यकिन गरी व्यवस्थापनको काम भइरहेको । 

- प्रतियोगिता अवधिमा आवश्यक पर्ने सवारी साधनको संख्या यकिन,दररेट निर्धारण गरि बोलपत्र आव्हान भएको 

- खेल स्थलहरुमा स्वास्थ्य सेवाका लागि सम्बन्धित पालिकाहरु संगको समन्वय गरिएको

- सवै उपसमितिले तिब्रगतिमा काम सुरु गरेका । 

- सबै उपसमितिहरुले असोजको १५ गते भित्र सम्पर्ण तयारी पुरा गर्ने गरि लक्ष्यका साथ काम भइरहेको ।