नेपालको केन्या भ्रमण

केन्याविरुद्ध नेपाल फिल्डिङमा

नौरबी । एकदिवसीय र ट्वान्टी २० क्रिकेट शृंखलाका लागि केन्या भ्रमणमा रहेको नेपाली टिमले घरेलु टिमविरुद्धको पहिलो ट्वान्टी २० खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ ।

नौरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली टिमका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

नेपाली टिममा ज्ञानेन्द्र मल्लले पनि पहिलो रोजाईमा स्थान बनाएका छन् । ज्ञानेन्द्र पाँच महिनापछि राष्ट्रिय टिममा फर्किएका हुन् । ज्ञानेन्द्रले पछिल्लो पटक राष्ट्रिय टिमबाट मार्चमा संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध खेलेका थिए ।

नेपालले केन्यामा पाँच ट्वान्टी २० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । जसअनुसार भदौ ९ गते १४ गतेसम्म ट्वान्टी २० शृंखला र भदौ १७ गतेदेखि एकदिवसीय शृंखला खेल्ने तालिका छ ।