नवौं राष्ट्रिय खेलकुद

जुडो खेलाडी छनोट

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदका लागि हुने बागमती प्रदेश खेलाडी छनोट प्रतियोगिताका लागि काठमाडौं जिल्लाबाट जुडो खेलाडी छनोट भएका छन् ।

खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको छनोट प्रतिस्पर्धाबाट पुरुष ६० केजीमुनि आशिष तामाङ, ६६ केजीमुनि पुजन श्रेष्ठ र सम्राट केसी, ७३ केजीमुनि सयम श्रेष्ठ, ८१ केजीमुनि ओजस बस्नेत, ९० केजीमुनि फुर्वा सोनाम शेर्पा, १०० केजीमुनि बशिष्ठ महर्जन र १०० केजीमाथि आदित्य दाहाल छनोट भए ।

महिला ५७ केजीमुनि सन्जिता गुरुङ र विनु गुरुङ, ६३ केजीमुनि सुनिता ढकाल र शिसम अधिकारी तथा ७८ केजीमुनि दीपा गुरुङ छानिएको नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् ।

टेबलटेनिसको पुरुषमा चन्दन शाही, जयराम महर्जन, कपुर शर्मा, उमेश मानन्धर र रक्तचन्द्र मानन्धर छनोट भए । महिलामा इना डंगोल, स्वर्णिमा कंशाकार र प्राज्ना महर्जन छानिए । महिलामा बाँकी २ खेलाडीको छनोट पछि गरिने छनोट संयोजक एवं काठमाडौं जिल्ला टेबलटेनिस संघका अध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।