ह्यारी मग्वायर

मग्वाएरसामु करियरकै ठूलो चुनौती

लन्डन । गत सिजन म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीबाट २०१९ मा ८० मिलियन पाउन्ड खर्चेर भित्र्याएका ह्यारी मग्वाएरलाई कप्तान नियुक्त गरेको थियो । इङ्लिस डिफेन्डरले खराब लयमा रहेका अन्य खेलाडीले नपाएको अवसर पाएका थिए ।

तर, ओल्ड ट्रोफोर्डमा एरिक टेन हागको आगमनसँगै मग्वाएरले त्यस्तो आश्रय नपाउने स्पष्ट देखिएको छ । युनाइेटका प्रमुख सेन्टर ब्याकहरुलाई प्रशिक्षक टेन हागले यसअघि नै खेलाडीमा रोटेसन लागू हुने बताइसकेका छन् । जसको फलस्वरुप सोमबार राति लिभरपुलविरुद्ध २–१ को जित हासिल गर्दा मग्वाएर बेन्चमै सीमित भएका थिए ।

उनको अनुपस्थितिमा लिसान्ड्रो मार्टिनेज र राफेल भरानले युनाइटेडको रक्षापंक्ति सम्हालेका थिए । तर, रोटेसन अब खेलाडीलाई आराम दिन मात्रै प्रयोग हुनेछैन । युनाइटेडको पहिलो रोजाईमा पर्न मग्वाएरका लागि धेरै ढोका बन्दै आइरहेका छन् । युनाइटेडको कप्तानी गुमाउने खतरामा पुगिसकेका मग्वाएर ओल्ड ट्राफेर्डमा सबैभन्दा ठूलो लडाईँमा पुगेका छन् ।

लिभरपुलविरुद्ध मार्टिनेज र भरानको सन्तुलन विछट्टै राम्रो रह्यो । आगमी आइतबार सेन्ट म्यारिज रंगशालामा साउथह्यामटनविरुद्ध युनाइटेड उत्रिँदा यी दुई खेलाडी पहिलो रोजाईमा परेनन् भने ठूलो सरप्राइज हुनेछ ।

लिभरपुलविरुद्धको खेलमा सुरुआती ११ मा नपरेका क्रिस्टियानो रोनाल्डो पनि उक्त खेलमा बेन्चमा रहने प्रवल सम्भावना छ । अब टेन हागले क्लबको नेतृत्वबारे के भन्छन् भन्ने विषय रोमाञ्चक हुनेछ । किनभने, लिभरपुलविरुद्धको खेलमा ब्रुनो फर्नान्डेज र भरानले देखाएको नेतृत्वदायी क्षमता तारिफ योग्य थियो ।

उनले यसअघि नै क्लबमा अझै नेतृत्वको खाँचो रहेको संकेत गरिसकेका छन् । जसको सहयोगका लागि उनले क्यामिरोलाई समेत अुनबन्ध गरिसकेका छन् । यसको अर्थ मग्वाएरले कप्तानी गुमाए भन्ने होइन । तर, उनको खराब लय र अन्य खेलाडीको प्रभावशाली प्रदर्शनसँगै नेतृत्व क्षमताले अर्कै संकेत गर्छ ।

खराब क्षमताले चिजको विकास हुनेछ

टेन हागले मार्टिनेज, भरान, मग्वाएर र घाइते रहेका भिक्टोर लिन्डोलोफलाई आगामी तीन महिना एकदमै रोटेसन हुने बताइसकेका छन् । विश्वकपका लागि सिजन अवरुद्ध हुनुअघि धेरै खेल हुने भएकाले खेलाडी रोटेसन स्वभाविक हो ।

त्यसका बाबजुद डच प्रशिक्षक टेन हाग सेन्टर हाफमा देखिएको भरान र मार्टिनेजको उत्कृष्ट साझेदारी भत्काउन पनि चाहँदैनन् । अहिले उनीहरु टेन हागले चाहेको टिमका सदस्य हौं भन्ने दाबी गर्न सक्छन् ।

खेलाडीको पक्षबाट हेर्दा लिभरपुलविरुद्ध मग्वाएर ड्रप हुनु कुनै धमाका होइन । युनाइटेडले निकै दिनदेखि मार्टिनेज र भरानसँग ट्रेनिङ गरिरहेको थियो । र, मग्वाएरलाई लिभरपुलविरुद्धको खेल बेन्चमा बसेर हेनुपर्छ भन्ने भान भइसकेको थियो ।

विभिन्न क्लबले इच्छा देखाए पनि सम्वतः मग्वाएर यो सिजन युनाइटेडबाट बाहिरिने छैनन् । युनाइटेडले एरक बाईलाईसमेत लोनमा मार्से पठाइसकेको छ । त्यसैले अर्का सेन्टर ब्याक गुमाउन चाहँदैन ।

आगामी बिहीबार राति जबसम्म ट्रान्सफर विन्डो बन्द हुँदैन, रोनाल्डो ढोका बाहिर नै छन् । जहाँबाट उनी भित्र युनाइटेडमा पनि र बाहिर अन्य क्लबमा पनि जान सक्छन् ।

भरानले पनि मग्वाएको अवस्थामा प्रभाव पार्न सक्छन्, र सिनारियो तुरुन्ते फेरिन सक्छ । किनभने, टेन हागको आगमनपछि प्रि–सिजनमा चौथो नम्बरमा परेका भरानको फिटनेसमा समस्या रहेको भन्दै एक्लै अभ्याससमेत गर्नु परेको थियो ।

गतसाता ब्रेन्टफोर्डविरुद्ध युनाइटेड ४-० ले पराजित हुँदा बिर्सनलायक प्रदर्शन गरेका मार्टिनेजले आफ्नो क्षमतामाथि उठेको प्रश्नको गहकिलो जवाफ फर्काएका छन् ।

अब यो स्पष्ट भइसकेको छ कि, मग्वाएरको तनाव बढिसकेको छ । उनले पुरानो लय भेट्टाउन र पछिल्लो खराब लय मेटाउनमा ध्यान दिनुपर्नेछ । किनभने, प्रशिक्षक टेन हाग उनलार्य नै कप्तान कायम राखेर सुरुआती ११ मा नियमित बनाउने कि नबनाउने भन्ने विषयमा सोच्न थालिसकेका छन् ।

उनको प्रतिक्रिया चाख लाग्दो

मग्वाएरले ब्राइटन र ब्रेन्टफोर्डविरुद्ध गत सिजनदेखि नै भोगिरहेको कठिन अवस्थाको प्रदर्शन गरेका थिए । कप्तान र टिमका सबैभन्दा हाई प्रोफाइल खेलाडी रोनाल्डोलाई बेन्चमा थन्काएका टेन हागले कोही पनि सुरक्षित छैन भन्ने संदेश टिमलाई दिइसकेका छन् । त्यसैले अब पाउने मौकामा मग्वाएरले कति प्रदर्शन सुधारेर लय भेट्टाउँछन्, त्यो महत्त्वपूर्ण हुनेछ ।

तर, पछिल्ला दिनहरुमा मग्वाएरको लय मात्रै ठूलो कुरा होइन । किनभने, उनी धेरै पटक लयको पर्वाह नगरी पनि पहिलो रोजाइमा परेको विगत छ ।

त्यसैले अब मग्वाएर कसरी लय भेट्टाएर नोभेम्बरमा कतारमा हुने विश्वकपका लागि इङ्लिस टिममा आफूलाई कायम राख्छन् ? यो रोमाञ्चक हुनेछ ।