गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगिता

दोश्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर भदौ गतेदेखि हुने

काठमाडौं । छोरतेन स्नुकर क्लब, बौद्धको आयोजनामा दोश्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगिता भदौ २५ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा २ सय ५६ बढी खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष राजन लामाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

आयोजक क्लबमै हुने प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २ लाख ५१ हजार, १ लाख ११ हजार र ५१÷५१ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । १ सय ४७ अंक ब्रेक गर्नेलाई १० लाख, सेन्चुरी ब्रेक गर्नेलाई १ लाख १ हजार र ८० अंकसम्म ब्रेक गर्नेलाई २५ हजार नगद पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट खेलाडीलाई २५ हजार तथा उदीयमान खेलाडी, अनुशासित खेलाडी र क्वार्टरफाइनल पुग्ने खेलाडीलाई जनही ११ हजार नगद पुरस्कार दिइने छ । प्रिक्वार्टरफाइनल यात्रा तय गर्ने खेलाडीलाई क्यु र क्यु बक्स प्रदान गरिने छ ।

नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघका अध्यक्ष सरोजकुमार मुल्मी प्रतियोगितामा संघको प्राविधिक सहयोग रहने जानकारी गराए ।