नेपाली खेलकुद

खेलकुद महासंघ समाजवादीको राष्ट्रिय कार्यकर्ता भेला आज

काठमाडौं । नेपाल खेलकुद महासंघ समाजवादीको राष्ट्रिय कार्यकर्ता भेला आज (आइतबार) हुँदैछ ।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने कार्यक्रममा महासंघ अन्तर्गतका जिल्ला संघ, प्रदेश संघ तथा राष्ट्रिय घटक संघहरुबाट एक हजार प्रतिनिधिहरुको सहभागिता रहने उप महासचिव प्रमुख प्रचार विभागका नारायण दास गमालले जानकारी दिए ।

बागमती प्रदेश सरकारको मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा यस कार्यक्रम सम्पन्न हुनेछ । कार्यक्रम दिउँसो १२ः३० मा सुरु हुने गमालले बताए ।