बंगलादेश

अल हसनको कप्तानीमा एसिया कप खेल्ने बंगलादेशको टिम घोषणा

ढाका । बंगलादेश क्रिकेट बोर्ड (बिसिबी)ले एसिया कप २०२२ का लागि १७ सदस्यीय टिमको घोषणा गरेको छ । महादेशीय प्रतियोगितामा बंगालदेशी टिमको कप्तानी शकिब अल हसनले गर्ने भएका छन् ।

बेटिङ कम्पनी ‘बेटविनर न्युज’सँगको सम्झौतापछि अल हसनलाई बिसिबीले सम्झौता तोड्ना वा बंगलादेशका लागि खेल्न छान्नु पर्ने बताएको थियो । हसनले सम्झौता तोडेसँगै कप्तानको जिम्मेवारी पाएका हुन् ।

बिसिबीले घोषणा गरेको बंगलादेशी टिमः शकिब अल हसन (कप्तान), अनामुल हक, मुश्फिकुर रहिम, अफिफ हुसैन, मोसादिक हुसैन, महमदुल्लाह, मेहदी हसन, मोहम्मद सैफुद्दिन, हसन महमुद, मुस्तफिजुर रहमान, नासुम अहमद, शब्बिर रहमान, मेहदी हसन मिराज, इबादत हुसैन, परवेज हुसैन इमोन, नुरुल हसन, तस्कीन अहमद ।