सी डिभिजन लिग छनोट

‘सी’ डिभिजन लिग छनोटका लागि प्रगती क्लबले खेलाडी छनोट गर्ने

काठमाडौं । प्रगती युवा क्लब, ललितपुरले ‘सहिद स्मारक सी डिभिजन छनोट फुटबल प्रतियोगितामा’ को लागि खेलाडी छनोट गर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगितामा सहभागिता जनाउनका लागि प्रगती युवा क्लबले खेलाडी छनोट गर्न लागेको हो ।

एन्फा कार्यसमितिको बिहीबार बसेको बैठकले ‘सी’ डिभिजन लिग वैशाख १८ देखि २७ गतेसम्म र छनोट असोज १ गतेदेखि ३० गतेसम्म आयोजना गर्ने निर्णय लिएको थियो ।

असार ६ गते चुनावी साधारण सभाबाट चुनिएको एन्फाको नयाँ कार्यसमितिले ‘ए’, ‘बी’, ‘सी’ डिभिजन लिग र नेपाल सुपर लिग (एनएसएल) हुने मिति पनि सार्वजनिक गरेको थियो ।

पछिल्लो सिजन ‘सी’ डिभिजन लिगको उपाधि झापा फुटबल क्लबले र प्लानिङ ब्वाइज युनाइटेड दोस्रो स्थानमा रहँदै ‘बी’ डिभिजन लिगमा उक्लिएका थिए ।

गत वर्ष आरसी ३२ र स्पोर्ट्स एकेडेमी साँगा ‘सी’ डिभिजन लिगमा छनोट भएका थिए ।