तौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता

सातौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता भदौ अन्तिम साता

काठमाडौं । नेपाल उमा कुङफु संघको आयोजनामा सातौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता भदौ अन्तिम साता हुने भएको छ ।

फुटुङमा शनिबार बसेको बैठकले प्रतियोगिता भदौ २४–२५ गते काठमाडौंमा गर्ने निर्णय गरेको अध्यक्ष सिद्धार्थ लामाले जानकारी दिएका छन् ।

सान्डा र प्याटर्नमा कुल २६ स्वर्णका लागि तीन सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सान्डाको पुरुषतर्फ १० र महिलातर्फ आठ गरी १८ विधामा प्रतिस्पर्धा हुनेछ । प्याटर्नको पुरुष र महिलातर्फ समान चार गरी आठ स्पर्धामा खेल हुनेछ ।

यसैगरी उक्त बैठकले प्रतियोगितालाई व्यवस्थित र सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समिति र दुई उपसमिति गठन गर्ने निर्णण गरेको छ । ९ सदस्यीय मूल आयोजक समितिमा संघका सचिव महेश महर्जनलाई संयोजक र संघका पूर्व अध्यक्ष एवं सहायक मुख्य प्रशिक्षक उद्धव थापा मगरलाई सह–संयोजकको जिम्मेवारी दिइएको लामाले बताए ।

आर्थिक उपसमितिको संयोजकमा राजदीश नेम्कुल, सह–संयोजकमा अशोक केसी र सदस्यमा जीवन गुरुङ रहेका छन् । प्रचार–प्रसार तथा प्राविधिक उपसमितिमा संघका वरिष्ठ उपाध्यक्ष÷अन्तर्राष्ट्रिय निर्णायक सन्जीतकुमार राई तथा सदस्यमा गोपाल थापा, कमल मगर, सिद्धार्थ लामा र भूपेन्द्र गुरुङ छन् ।