भिएनएल

भिएनएलः अमेरिका र पोल्यान्ड भिड्दै

रोम । भलिबल नेसन्स लिग (भिएनएल) २०२२ को पहिलो सेमिफाइनलमा शनिबार अमेरिका र पोल्यान्ड कोर्टमा उत्रदैछन्  ।

रोममा जारी प्रतियोगिताको पुरुषतर्फ र क्वार्टरफाइनलमा अमेरिकाले साविक विजेता ब्राजिललाई ३–१ को सेटमा हराएर सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

पोल्यान्डले बिहीबार इरानलाई ३–२ को सेटमा पराजित गर्दै सेमिफाइनमा स्थान बनाउने अन्तिम टोली बनेको थियो ।

यसअघि अमेरिकाले सन् २०१८ मा कास्य पदक र २०१९ मा रजत पदक जितेको थियो । पोल्यान्डले २०१९ मा कास्य पदक र २०२१ मा रजत पदक जितेको थियो ।

अमेरिका र पोल्यान्ड अन्तर्राष्ट्रिय प्रतियोगितामा ४३औं पटक आमनेसामने हुन लागेका हुन् । 

पोल्यान्डका कप्तान बार्टोज कुरेक गत वर्ष भिएनएलका ‘मोस्ट भ्यालुएबल प्लेअर’ घोषित भएका थिए । जसमा उनले २३ अंकको योगदान गरेका थिए । २७ अंकको ब्लक गरेका अमेरिकाका कप्तान डेभिड स्मिथ ‘उत्कृष्ट ब्लकर’ घोषित भएका थिए ।