शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिप

उमेशलाई रजत

काठमाडौं । नेपालका उमेश राईले बुधबार मालदिभ्समा सम्पन्न  ५४ औं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा रजत पदक जितेका छन् ।

उमेश ८० केजी तौल समूहको दोस्रो स्थानमा रहे । आठ खेलाडी सहभागि सो स्पर्धामा भारतका आश्विन सेठ्ठीले स्वर्ण र थाईल्याण्डका पतैवात अलकावातले कास्य पदक जिते ।

यसअघि फिटनेस फिजिक तर्फ १७० से.मि. सम्मको प्रतिस्पर्धामा नेपालका राजु राईले कास्य पदक जितेका थिए ।

नेपालका तीन खेलाडी सहभागिता रहेको च्याम्पियनसिपमा महिला एथलेटिक फिजिकमा सुजिता मानन्धरले छैटौं स्थान रहिन् ।

संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले खेलाडीहरुको मनोबल उच्च राख्नका लागि रजत पदक विजेता उमेशलाई एक लाख रुपैयाँ र कास्य पदक विजेता राजुलाई ७५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । 

यस प्रतियोगिताको ५५औं संस्करणम सन् २०२३ मा नेपालमा आयोजना हुनेछ ।