५४ औं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस्

राजुलाई कास्य पदक

काठमाडौं । नेपालका राजु राईले आइतबार मालदिभ्समा जारी  ५४ औं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् अन्तर्गत फिटनेश फिजिकमा कास्य पदक जितेका छन ।

२४ राष्ट्र सहभागि  स्पाईडर म्यान प्रदर्शन तथा फिजिकतर्फ राजु तेस्रो स्थानमा रहे ।

प्रतियोगतामा नेपालबाट राजुसहित सुजिता मानन्धर र उमेश राई गरि तीन खेलाडी सहभागी छन् ।

सुजिताले सोमबार आफ्नो फिजिक अन्तरगतको विधमा प्रतिस्पर्धा गर्दै छिन् । यस्तै उमेश राईले बुधबार प्रतिस्पर्धा गर्दैछन् । 

यस्तै सोहि प्रतियोगिताका दौरान शारिरीक सुगठन खेलको विकासमा ठोस योगदान पु¥याएको भन्दै विश्व शारिरीक सुगठन तथा फिजिकल फिटनेश महासंघले नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेशका अध्यक्ष राजेश बाबु श्रेष्ठलाई सम्मान गरेको थियो ।

नेपालले २०२३ मा ५५ औं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस्को आयोजना गर्ने समेत तय भएको छ ।