इङ्लिस प्रिमियर लिग

मार्टिनेज युनाइटेड आउने पक्का

लन्डन । इङलिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेड आयक्सका रक्षक लिसान्ड्रो मार्टिनेजलाई भित्राउन सहमत भएको छ ।

युनाइटेड मार्टिनेजका लागि ४८ मिलियन पाउन्ड खर्चन सहमत भएको हो । सन् २०१९ मा आयक्स गएका मार्टिनेजले दुई पटक नेदरल्यान्ड्सकाो घरेलु लिग इराडिभिसी जितेका छन् । 

प्रशिक्षक इरिक टेन ह्याग आयक्सबाट युनाइटेड गएपछि उनी ओल्ड ट्राफोर्ड जाने चर्चा सुरु भएको थियो । 

मार्टिनेजलाई भित्राउन युनाइटेडसँगै प्रिमियर लिगकै क्लब आर्सनलले पनि इच्छा देखाएको थियो । युनाइटेडले केही दिन अघि मात्र फेर्नउडका रक्षक टेरेल मालासियालाई भित्राएको थियो । 

मार्टिनेज रक्षापत्तिका साथै मिडफिल्डमा समेत खेल्ने क्षमता राख्छन् । 

म्यानचेस्टर युनाइटेड आयाक्सका रक्षक लिसान्ड्रो मार्टिनेजलाई ओल्ड ट्राफोर्डमा भित्राउने सहमतीमा पुगेको छ, युनाइटेडले जारी गरेको विज्ञप्क्तीमा भनिएको छ, उनको स्वास्थ्य परिक्षण र बेलायतको भिसा प्रक्रिया पूरा भएपछि हामी उनलाई औपचारिक रुपमा सार्वजनिक गर्नेछौ ।