नेपाल चेस संघ

नेपाल चेस संघको आगामी योजनाहरु सार्वजनिक

काठमाडौं । नेपाल चेस संघको सातौं साधारण सभाबाट अध्यक्षमा निर्विरोध भएका विदुरप्रसाद गौतमको नयाँ कार्यसमितिले मंगलबार आगामी योजनाहरु सार्वजनिक गरेको छ ।

सोमबार गौतमको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति चयन भएको थियो । नयाँ कार्यसमितिले आगामी चार वर्षे कार्यकालमा चेस खेललाई ग्रासरुटसम्म पुर्याउने र सर्वाधिक अन्तर्राष्ट्रिय सहभागिता गराउने संघको रुपमा पहिचान गराउने लक्ष्य राखेको छ ।

आगामी योजनाहरु:

१. चेस खेललाई ग्रासरुटसम्म पुर्याउने

२. सर्वाधिक अन्तर्राष्ट्रिय सहभागिता जनाउने खेल संघको रुपमा भएको पहिचान कायम राख्ने

३. सक्दो धेरै फिडेका अफिसियल प्रतियोगिता आयोजना गर्ने

४. क्यालेन्डरको निर्माण गरी सबैखाले राष्ट्रिय प्रतियोगिताको नियमित आयोजना गर्ने

५. एक महिनाभित्र संघको आफ्नै कार्यलय स्थापना गर्ने

६. संघको अफिसियल वेभसाइट एक हप्ताभित्र सञ्चालनमा ल्याउने

७. मिसन आईएम प्रजोक्ट लन्च गर्ने रहेको छ

८. ‘चेस ईन स्कुल’ कार्यक्रम पुनः सुरु गर्ने,

९. हाल ५० जिल्लामा कायम रहेको संघको स्वरुपलाई एक वर्षभित्र ७७ वटै जिल्लामा बिस्तार गर्ने

१०. २०७६ सालमा सातवटै प्रदेशको संरचना बनिसकेको अवस्थामा मधेश प्रदेशबाहेकको ६ वटा प्रदेश खेलकुद परिषद् तथा बोर्डमा प्रदेश संघहरु दर्ता प्रक्रियामा गइसकेको

११. चार वर्षे कार्यकालमा प्राय सबै पालिकामा बुद्धिचाल संघ गठन गर्ने

१२. खेलाडी संरक्षण कोषको स्थापना गर्ने

१३. खेलाडी, आर्विटर, प्रशिक्षक तथा आयोजकलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने