भिएनएल

भिएनएलः महिलातर्फको क्वार्टरफाइनलमा ब्राजिल र जापान खेल्ने

अंकारा । भलिबल नेसन्स लिग (भिएनएल) २०२२ को महिलातर्फको क्वार्टरफाइनल खेलमा ब्राजिल र जापान प्रतिस्पर्धा गर्ने भएका छन् ।

टर्कीको राजधानी अंकारामा बुधबारदेखि हुने क्वार्टरफाइनलको पहिलो खेलमा साविक उपविजेता ब्राजिल र गत वर्ष चौथो स्थानमा रहेको जापान खेल्नेछन् ।

क्वार्टरफाइनलको दोस्रो खेलमा साविक विजेता अमेरिका र १३औं स्थानमा रहेको सर्बिया आमनेसामने हुनेछन् । बिहीबार क्वार्टरफाइनलको दोस्रो दिनमा इटाली र चीन तथा टर्की र थाइल्यान्डले प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फको प्रारम्भिक चरणका खेलहरु जुलाई १० मा सकिएको थियो । जुलाई २५ मा महिलातर्फको फाइनल खेल हुनेछ ।

आइभिबीले जारी गर्ने वरीयताको शीर्ष १६ टिम यस प्रतियोगितामा सहभागी छन् । जसमा अमेरिका, ब्राजिल, जापान, टर्की, चीन, डोमिनिकन रिपब्लिक, नेदरल्यान्ड्स, बुल्गेरिया, बेल्जियम, पोल्यान्ड, इटाली, सर्बिया, क्यानडा, दक्षिण कोरिया र थाइल्याड छन् ।

यस्तै, भिएनएलअन्तर्गत पुरुषतर्फको क्वार्टरफाइनलका खेलहरु जुलाइ २० देखि सुरु हुनेछ ।