एनएनआइपिए

एनएनआइपिए अवार्डको सम्पूर्ण तयारी पूरा

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपीए) यस संस्करणको एनएनआइपिए अवार्डको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

मंगलबार ललितपुरको गोदावरीस्थित बज्र बाराही मन्दिर परिसरमा हुने सम्मान कार्यक्रममा २७ खेलमध्येका उत्कृष्ट खेलाडी अवार्ड प्राप्त गर्ने खेलाडीले नगद १० हजार पाउने आयोजकले जानकारी दिए । यस्तै, उत्कृष्ट खेलाडीमध्येका एक महिला र पुरुष खेलाडीले सम्मान पत्रसहित एक लाख नगद, एक प्रतिभाशाली महिला र पुरुष खेलाडीले ५० हजार पाउनेछन् ।

यसैगरि, एक महिला र पुरुष उदयमान खेलाडीले ५० हजार, एक खेल पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कार नगद २५ हजार र एकजना पाका खेलाडीलाई ३५ हजार नगद पुरस्कार रहेको ‘गजराज आदर्श खेल व्यक्तिगत’ अर्वाड र वर्षको एक उत्कृष्ट पारा खेलाडीलाई १० हजार नगदसहित पुरस्कृत गरिने छ ।

खेलाडीको हकहितका लागि काम गर्ने एनएनआइपिएले वर्षपिच्छे यो कार्यक्रमको आयोजना गर्दै आएको छ ।