इङ्लिस प्रिमियर लिग

एभर्टनको पहिलो जित

लन्डन । एभर्टनले इङलिस प्रिमियर लिगमा ६ खेलको जितविहिन यात्रामा पूर्णविराम लगाएको छ ।

गुडिसन पार्कमा आइतबार सम्पनन खेलमा एभर्टनले वेस्ट हममाथि १-० को जित निकाल्यो । निल मुवापेले ५३औं मिनेटमा गरेको गोल एभर्टनको जितमा पर्याप्त बन्यो । 

यसअघि ६ खेलमा चार बराबरी र दुई हारको नतिजा निकालेको एभर्टनले सातौं खेलमा आएर पहिला जित निकालेको हो । एभर्टन सात खेलमा सात अंकसहित १३औं स्थानमा छ ।

‘मुवापेको क्षमता थाहा पाएर नै हामीले उनलाई टोलीमा ल्याएका हौ । उनले हाम्रो विश्वासलाई प्रमाणित गरेका छन्’, एभर्टनका प्रशिक्षक फ्रयांक लाम्पार्डले भने, ‘हामीले यस सिजन राम्रो प्रदर्शन गरे पनि जित निकाल्न सकेका थिएनौ । आज हामी जितविहिन यात्रामा पूर्णविराम लगाउन सफल भएका छौ ।’