इटालियन सिरी ए

मिलानको अपराजित यात्रामा पूर्णविराम

मिलान । नेपोलीलाई नतिजा सुम्पिएसँगै इटालियन सिरी ए को साविकको विजेता एसी मिलानको २२ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।
आइतबार सम्पन्न खेलमा मिलानले नेपोलीलाई २-१ को नतिजा सुम्पियो ।

५५औं मिनेटमा माटियो पोलिटियानोको पेनाल्टी गोलमा नेपोलीले अग्रता लिएको थियो । ६९औं मिनेटमा ओलिभर जिरौउडले मिलानलाई खेलमा फर्काएका थिए । 

खेल सकिन १२ मिनेट बाँकी रहँदा जियोभानी सिमानीले नेपोलीका लागि गरेको गोल स्पष्ट तीन अंक बटुल्दै साविकको विजेता मिलानको अपराजित यात्रामा पूर्णविराम लगाउन पर्याप्त बन्यो ।

यस हारसँगै ७ खेलमा १४ अंक मात्र बटुलेको मिलान पाँचौ स्थानमा झरेको छ । शीर्ष स्थानको नेपोलीको ७ खेलमा १७ अंक छ भने दोस्रो स्थानको एट्लान्टाको पनि समान खेलमा समान १७ अंक छ । 

तेस्रो स्थानको युडिनेसी १६ र चौथो स्थानको लाजियोको १४ अंक छ ।