यु १७ राष्ट्रिय फुटबल टिम

यु १७ राष्ट्रिय टिम छनोटः १५ जना बाहिरिए

काठमाडौं । यु १७ राष्ट्रिय फुटबल टिमको छनोटबाट १५ जना बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार राष्ट्रिय टिम छनोटमा रहेका ४५ खेलाडी घटाएर ३० मा ल्याइएको जनाएको हो ।

मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ हाल यु १७ साफ च्याम्पियनसिप र एएफसी यु १७ एसिया कप छनोटका लागि छनोटमार्फत राष्ट्रिय टिम तयार पार्दैछन् ।

नेपाली टिमः 

मुकेश घर्ती, रुवेन बोगटी, क्रिसल मोक्तान, सिमन्त थापा, युनिस मगर, सुवास मगर, युनिस बुढाथोकी, जनप्रकाश बन, निशान तामाङ, सिजल राई, मधु पौडेल, गौरव महर्जन, विक्रम तामाङ, हरिस भट्ट, लचु थापा, प्रकाश लक्ष्सम, , निरोज कार्की, समिर तामाङ, धनसिंह विक, दीपक थापामगर, माधव पोख्रेल, कुशल देउवा, मिरक लिङ्देन, प्रितम कार्की, विनोद केसी, धिरज विक, सोहन स्याङताङ, निरन्जन धामी, सरोज दर्लामी, समिर चन्द