लिगा वान

रोहितको टिम पर्सिक केडिरीको तेस्रो हार

जाकार्ता । नेपाली राष्ट्रिय फुटबलर रोहित चन्द सम्मिलित पर्सिक केडिरीले इन्डोनेसियाको लिग लिगा वानमा तेस्रो हार बेहोरेको छ ।

शुक्रबार भएको खेलमा पर्सिक बोर्नेओ एफसी समरिन्दासँग २–१ ले पराजित भयो ।

बोर्नेओको जितमा दुवै गोल मथेअस पाटोले गरे । खेलमा अग्रता भने केडिरीले लिएका थिए । खेलको ६४औं मिनेटमा युसुफ मेइलानाले गोल गर्दै केडिरीलाई अग्रता दिलाएका थिए । तर, त्यसको दुई मिनेटपछि नै पाटोले बोर्नेओलाई बराबरीमा फर्काएका थिए । यस्तै, खेलको ७७औं मिनेटमा पाटोले गरेको गोल नै निर्णायक बनेपछि बोर्नेओले जित निश्चित गर्यो ।

तेस्रो हारसँगै तालिकामा चार खेल खेल्दा एक अंकमात्र जोडेको पर्सिक केडिरी १६औं स्थानमा छ । यस्तै, तालिकाको दोस्रो स्थानमा रहेको बोर्नेओले चार खेलबाट ९ अंक जोडेको छ ।