फाल्गुन ३, २०८२ आइतबार | १३:१८:२६
नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू !
शनिबारको दिन युरोपियन फुटबल

ला लिगा सिजन: बार्सिलोनाले खोस्ला त उपाधि ?

रियाल मड्रिड यसपालि पनि स्पेनिस ला लिगा उपाधि रक्षा गर्ने दाउमा हुनेछ । रियाल गत सिजन सहजै ला लिगा च्याम्पियन बनेको थियो । तर, अर्को स्पेनिस महारथी बार्सिलोना भने पुनर्स्थापित र सुधारिएको टोली लिएर फेरि विजय लय समात्ने लक्ष्यमा हुनेछ ।

स्पेनिस ला लिगाको नयाँ सिजन सुरु भैसकेको छ ।   पछिल्लो पटक सन् २०१९ मा च्याम्पियन बनेको बार्सिलोनाको यसपालि स्पेनिस फुटबलमा आफ्नो साख फर्काउने लक्ष्य छ ।

बलियो रियाल बेन्जेमामा निर्भर छ त ?

गत सिजन १३ अंकको अग्रतासहित च्याम्पियन बनेको रियाल २००८ पछि पहिलो पटक लगातार लिग जित्ने सपना बुनिरहेको छ । मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले चेल्सीबाट सेन्टर ब्याक एन्टोनियो रुडिगर र मोनाकोबाट डिफेन्सिभ मिडफिल्डर औरेलियन चोआमेनी ल्याएर टिम अझै बलियो बनाएका छन् ।

एन्सेलोट्टीले अबको सिजन पहिलो रोजाइमा धेरै परिवर्तन गर्ने छन् । नयाँ अनुबन्धनसहित एडुवार्डो कामभिङ्गा, फेडरिको भाडभर्डे, रोडरिगोले पनि पर्याप्त खेल्ने समय पाउनेछन् । जसका कारण नोभेम्बर-डिसेम्बरमा हुने विश्वकप पनि हो ।

तर, करिम बेन्जेमा भने ‘स्क्वाड रोटेसन’को सम्बन्धमा अपवाद हुनेछन् । अप्रत्याशित रूपमा यो ट्रान्सफर विन्डोमा केलियन एमबाप्पेलाई अनुबन्ध गर्न असफल भएपछि एन्सेलोट्टीसँग एकमात्र सेन्टर फरवार्ड बेन्जेमा छन् । लुका जोभिच फिओरेन्टिना गइसकेका छन् भने एन्सेलोट्टीले मारियानो डियाजलाई कहिल्यै विश्वास गर्न सकेका छैनन् ।

रियालका मुख्य गोलकर्ता बेन्जेमा आगामी डिसेम्बरमा ३५ वर्ष पुग्ने छन् । उनको ढल्कँदो उमेर रियालको उपाधि जित्ने लक्ष्यमा ठूलो प्रश्नचिह्न हो ।

अहिले हाजार्ड फिट छन् । रियालको प्रि–सिजन हाजार्डमै निर्भर थियो । जसका कारण एन्सेलोट्टी यस सिजन बेल्जियन कप्तानलाई ‘फल्स नाइन’मा भरपूर प्रयोग गर्ने योजनामा छन् ।

रियालसँग सम्भावित ‘एज-फ्याक्टर’मा इडेन हाजार्ड पनि छन् । तर, बेल्जियन कप्तान हाजार्ड चेल्सीबाट मड्रिड पुगेयता नै लगातार निराशाको कारणमात्रै बन्दै आएका छन् । शृंखलाबद्ध चोटले पिरोलिएका हाजार्डले तीन सिजनमा ६ गोलमात्र गरेका छन् ।

तर, अहिले हाजार्ड फिट छन् । रियालको प्रि–सिजन हाजार्डमै निर्भर थियो । जसका कारण एन्सेलोट्टी यस सिजन बेल्जियन कप्तानलाई ‘फल्स नाइन’मा भरपूर प्रयोग गर्ने योजनामा छन् ।

यदि यो मौकाको सदुपयोग गर्न सके भने फेरि एकपल्ट उनलाई एक सशक्त गोलकर्ताको रूपमा देख्न पाइने छ । जसरी उनी स्टामफोर्ड ब्रिजमा खेल्थे । हाजार्डको राम्रो लयले रियालमा देखिएको एकमात्रै कमजोर पक्षमा ठूलो खाडल पुर्न मद्दत गर्न सक्नेछ ।

खर्चालु बार्सा लयमा फर्किएकै हो ?

यो सरुवा बजार क्याटलन क्लबका लागि सफल रह्यो । अध्यक्ष जोन लापोर्टेले समर ट्रान्सफर विन्डोमा ठूलो जुवा खेलेका छन् । जुलेस कोउन्डे, आन्द्रेस क्रिस्टेनसन, फ्रान्क किसे, राफिन्हा र रोबर्ट लेवान्डोस्कीको आगमन र मार्कोस अलोन्सो र बर्नाडो सिल्भाको सम्भावित अनुबन्धले बार्सिलोनाको टिम बलियो बनेको छ ।

यस्तै ओसमन डेम्बेलेको सम्झौता नवीकरण भएसँगै प्रशिक्षक जाभी हर्नान्डेजको प्रत्येक पोजिसनमा दुई उत्कृष्ट खेलाडी राख्ने योजना साकार भएको छ ।

तर, बार्सिलोनाले यो विकेन्डमा हुने रायो भालेकानोविरुद्धको पहिलो खेलअघि नयाँ खेलाडी दर्ता गर्नुपर्नेछ । ला लिगाको कडा आर्थिक नीतिका कारण नयाँ खेलाडी दर्ता गर्ने यसअघिका प्रयास असफल भइसकेका छन् ।

यो समस्या हल हुनेमा बार्सिलोनाको व्यवस्थापकीय टिम विश्वस्त छ । यसको अर्थ सम्पूर्ण दबाब अब प्रशिक्षक जाभीमाथि हुनेछ ।

गत सिजन केही नराम्रा नतिजा पनि आए । क्याडिज, रायो भालेकानोसँग घरेलु मैदानमा भोगेको हार र इन्स्ट्राक्ट फ्रान्कफर्टसँग पराजित हुँदै युरोपा लिगबाट अप्रत्याशितको बहिर्गमन खराब नतिजाका उदाहरण हुन् ।

बार्सिलोना नेतृत्व तुरुन्तै विजय यात्रामा निस्कन चाहन्छ । र, यो महत्त्वाकांक्षाले जाभी कत्तिको राम्रा प्रशिक्षक हुन् ? भन्ने प्रश्न पुन: उजागर गर्नेछ ।

गत सिजन जाभीको नेतृत्वमा खेलेका २६ खेलबाट बार्सिलोनाले उल्लेख्य रूपमा ५६ अंक जोडेको थियो । फेब्रुअरीदेखि अप्रिलसम्म बार्साले ७ खेलको विजययात्रा तय गरेको थियो । त्यही यात्रा दौरान सान्टियागो बेर्नाबेउमा रियालविरुद्ध ४-० को सानदार जित पनि निकालेको थियो ।

तर, गत सिजन केही नराम्रा नतिजा पनि आए । क्याडिज, रायो भालेकानोसँग घरेलु मैदानमा भोगेको हार र इन्स्ट्राक्ट फ्रान्कफर्टसँग पराजित हुँदै युरोपा लिगबाट अप्रत्याशितको बहिर्गमन खराब नतिजाका उदाहरण हुन् ।

जाभीसामु यस्तै अप्रत्याशित र अस्थिर प्रदर्शनको समाधान खोज्नु पहिलो चुनौती छ । यस्तै नतिजाले उपाधि होडबाट बार्सालाई टाढा लैजान सक्छ ।

क्लबका पूर्वकप्तान रहेका जाभी आफूसँग भएको प्रचुर विकल्पको प्रयोग गर्न हिच्किचाउने छैनन् । उनको प्रमुख फर्मेसन भनेकै ४–३–३ हो । यसमा उनी ‘थ्रीम्यान ब्याकलाइन’ र लेवान्डोस्की, डेम्बेले, राफिन्हा, अन्सु फाती, फेरान टोरेस र पिएरे एमरिक अबामेयाङबाट ‘भर्सटाइल’ आक्रामक लाइनअपलाई प्राथमिकतामा राख्नेछन् ।

उनीसँग भएका आक्रामक खेलाडीहरू प्रायः सबै विभिन्न पोजिसनबाट खेल्न सक्छन्, जुन अन्य क्लबका लागि अतुलनीय टिम हुनेछ ।

यो टिमले ठूलो संख्यामा स्कोर गर्नेछ, तर अर्कातिर रोक्न सक्षम छ त ?

तीव्र काउन्टर अट्याकविरुद्ध जाभीको टिमले वर्षौंदेखि समस्या भोगिरहेको छ । तर, कोन्डे र रोनाल्ड अराउजोले बार्साको रक्षापंक्ति खाली नगरी अगाडि बढेर खेल्ने अवसर दिनेमा जाभी विश्वस्त छन् ।

एटलेटिकोलाई फेलिक्सले प्रेरित गर्लान् ?

ला लिगा दुई घोडाको मात्र दौड हो त ? सायद, होइन । एटलेटिको मड्रिड पनि उपाधि दौडबाट बाहिर नहुन सक्छ ।

प्रि-सिजनमा युभेन्टसविरुद्ध ४-० को सानदार जित निकालेको एटलेटिकोका जाओ फेलिक्स यस सिजन आकर्षणको केन्द्र बन्न सक्छन् ।

डिएगो सिमोनीको क्लब गत सिजन उपाधि रक्षा गर्न असफलमात्रै रहेन, बल्लबल्ल शीर्ष चारमा टिक्न सफल भयो ।

तर, नयाँ सिजनका लागि भने केही सकारात्मक पक्ष देखिएका छन् । युडिनेसीबाट प्रभावशाली खेलाडी नहुएल मोलिनाको आगमनले केइरन ट्रिपियरले छाडेको ठूलो खाडल पुरिनेमा अर्जेन्टिनी प्रशिक्षक आशावादी छन् । अनुभवी एलेक्स विट्सेलको उपस्थितिले मिडफिल्ड अझै बलियो बन्नेमा कुनै शंका छैन ।

प्रि-सिजनमा युभेन्टसविरुद्ध ४-० को सानदार जित निकालेको एटलेटिकोका जाओ फेलिक्स यस सिजन आकर्षणको केन्द्र बन्न सक्छन् । क्षमतावान र प्रभावशाली पोर्चुगिज फरवार्ड फेलिक्स अन्तत: एकनासे प्रदर्शन दिएर आफ्नो क्षमता प्रमाणित गर्न तल्लीन हुनेछन् ।

यदि फेलिक्सले राम्रो लय भेट्टाए र सिमोनीले दुई सिजनअगाडिझैं १०औं वर्षमा जस्तै टिममा उत्कृष्ट रक्षात्मक शैली कायम राख्न सके भने यो सिजन एटलेटिकोको हुनेछ ।

(एजेन्सीको सहयोगमा)