एन्फा

नेपाली टोलीको बिदाई

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार भारतमा आगामी साताबाट सुरु हुने यु २० साफ च्याम्पियनसिपमा सहभागी हुने युवा टोलीको बिदाई गरेको छ ।

एन्फा मुख्यालय सातदोबाटोमा सम्पन्न एक कार्यक्रमकबीच राष्ट्रिय खेलुकद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरहादुर खड्का लगायत एन्फा कार्यसमितीका सदस्यले नेपाली  टाेलीकाे  बिदाई  गरेका  थिए।

नेपाली टोली आज दिउँसो भारत प्रस्थान गर्नेछ ।

  एन्फाले सोमबार प्रतियोगिताका लागि  लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो । नेपाली टिम प्रशिक्षकमा मेघराज केसी, व्यवस्थापक दिवाकर घले र कप्तान आयुष घलान रहेका छन् ।

भारतको भुवनेश्वरस्थित कलिंगा स्टेडियममा प्रतियोगिता जुलाई २५ बाट सुरु हुनेछ ।
नेपालले पहिलो खेलमा जुलाई २५ मा माल्दिभ्सको सामना गर्नेछ । नेपालले दोस्रो खेल जुलाई २७ मा श्रीलंका र  तेस्रो खेलमा जुलाई ३१ मा भारतको सामना गर्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले अगस्ट २ मा बंगलादेशसँग खेल्नेछ ।

यु २० टिमः
गोलकिपरः इश्वर गुरुङ, उनेस चौधरी, जियारत शेख

रक्षकः अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा

मिडफिल्डरः आयुश घलान (कप्तान),दिपेश गुरुङ, आशिष राई, सन्दिप श्रेष्ठ, जनमजय धामी, मोहित गुरुङ, कृतिस रत्न छुन्जु, सुगम सुवाल, जनग्या नकर्मी,

स्ट्राइकरः रोहित सुब्बा निरञ्जन मल्ल, रोहन खड्गी