चीनमा तय एटिपिका चार प्रतियोगिता स्थगित

बेइजिङ । कोभिड १९  संक्रमणको दर पुनः बढेसँगै एटिपीले चीन यसै वर्षका लागि चार प्रतियोगिता  स्थगित गरेको छ । 

चीन सरकारले विदेशी खेलाडी र पदाधिकारीका लागि अनिवार्य रुपमा क्वारेन्टाइनको नियम लागु गरेसँगै एटिपीले सांघाई मास्टर्स लगातयका प्रतियोगिता स्थगित गरेको हो ।

विश्वका शीर्ष वरियताका खेलाडी सहभागी रहने सो प्रतियोगिता अक्टोबर नौ देखी  १६ सम्म हुने तालिका थियो । त्यस्तै सेप्टेम्बरका लागि तय छेन्डु ओपन, जुहाई च्याम्पियनसिप र चाइना ओपन पनि स्थगित भएको छ ।

‘पछिल्लो तीन साता देखी चीनमा कोभिड १९ संक्रमणको दर बढेको छ र त्यहाँ भ्रमण गर्ने विदेशी नागरिकहरुका लागि अनिवार्य क्वारेन्टाइको नियम लागु गरिएको छ । त्यसैले हामी त्यहाँका तय भएको प्रतियोगिता संचालन गर्न असमर्थ छौ’, एटिपीले जारी गरेको विज्ञप्त्तीमा भनिएको छ ।

कोभिड १९ संक्रमणको महामारी अघि चीनले सन् २०१९ मा एटिपीको प्रतियोगिताहरु आयोजना गरेको थियो । पछिल्लो तीन वर्षदेखी चीनमा एटिपीका कुनै पनि प्रतियोगिता आयोजना भएको छैन ।

डब्लुटिले भने यसअघि नै चीनिया खेलाडी पाङ स्वेयको अवस्था सार्वजनिक नगरेको भन्दै चीनमा तय सबै प्रतियोगिताहरु रद्द गरेको थियो ।