रेफ्री

रेफ्री खड्गी अस्पतालबाट डिस्चार्ज

काठमाडौं । एसिएल र एमसिएलको शल्यक्रिया सम्पन्न गरेर रेफ्री रोजेन्द्र खड्गी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

सातदोबाटो स्थित बि एण्ड बि अस्पतालमा साउन ३ गते एसिएल र एसिएलको शल्यक्रिया गरेका नेशनल रेफ्री खड्गी आज विहान अस्पतालबाट घर पुगेका हुन् ।

‘अहिले अवस्था ठिक छ । अस्पतालबाट डिस्चार्ज भएको छु,'  खड्गीले भने ।

गत वर्ष सहिद स्मारक ए डिभिजन लिग अघि अभ्यासमा खड्गीले चोट बोकेका थिए । जसका कारण उनले २०७८ को लिगका कुनै पनि खेल खेलाउन पाएनन् ।

पाँच दिन अस्पतालमा बिताएका खड्गीले शल्यक्रियामा धेरै रकम खर्च भएको र अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफुलाई सहयोग गर्नेमा विश्वस्त रहेको बताए ।