सिएएफ

मानेलाई अफ्रिकन वर्ष फुटबल खेलाडीको अवार्ड

डकार । कन्फेडेरेसन अफ अफ्रिकन फुटबल (सिएएफ) ले बिहीबार बायर्न म्युनिखका स्ट्राइकर साडियो मानेलाई ‘अफ्रिकन वर्ष फुटबल खेलाडी’को अवार्ड प्रदान गरेको छ ।

केही महिना अघि मोरोक्कोको राजधानी रबाटमा सम्पन्न अफ्रिका कप अफ नेसन्समा इजिप्टविरुद्ध फाइनलमा मानेले पेनाल्टीमा निर्णायक गोल गरेसँगै सेनेगलले पहिलो पटक प्रतियोगिताको उपाधि जितेको थियो ।

कोभिड १९ को महामारीका कारण तीन वर्ष स्थगित यो अवार्ड कार्यक्रम पुनः सुरु भएको हो । त्यस्तै महिलातर्फ नाइजेरियाकी आसिआत ओसाओला महिला वर्ष खेलाडी भइन् । सन् २०१९ मा पनि उनी वर्ष खेलाडी भएकी थिइन ।

‘यस अवार्डबाट सम्मानित हुँदा मनोबल बढेको छ',मानेले भने,'यसको लागि सेनेगलवासीलाई धन्यवाद दिन चाहन्छु । म यो अवार्ड मेरो देशका युवाहरुप्रति समर्पित गर्न चाहन्छु ।’

मानेले चेल्सीका गोलकिपर इडवार्ड मेन्डी र लिभरपूलका पूर्व सहकर्मी मोहम्मद सलाहलाई पछि पार्दै अवार्ड जितेका थिए ।