इङ्लिस प्रिमियर लिग

नुनेजको सुखद सुरुआत

लन्डन । लिभरपुलका मुख्य प्रशिक्षक योर्गन क्लोपले यसै सिजन अनुबन्ध भएका  डार्विन नुनेजले पहिलो खेलमा गरेको प्रदर्शनको प्रसंशा गरेका छन् । 

रेड बुल एरिनामा बिहीबार भएको आरबी लेपजिकविरुद्धको खेलमा लिभरपुलले ५-० को सहज जित निकाल्दा नुनेज एक्लैले चार गोल गरेका थिए ।

मोहम्मद सलाहको गोलबाट अग्रता लिएको लिभरपुलका लागि नुनेलजले थप चार गोल गरेका थिए ।

नुनेज बेन्फिकाबाट ६४ मिलियन पाउन्डमा लिभरपुलमा अनुबन्ध भएका थिए । 

'पहिलो हाफमा हाम्रो प्रदर्शन राम्रो रहेन तर दोस्रो हाफको सुरुआतबाट हामी  खेलमा हाबी भयौु, क्लोपले भने, ुसमग्रमा टोलीले राम्रो खेल्यो, नुनेजको प्रदर्शन थप उत्कृष्ट थियो । उनी क्लबसँग अभ्यस्त हुँदैछन् ।

यसैगरी उनले नुनेज अरुभन्दा फरक किसिमको स्ट्राइकर भएकाले पनि राम्रो भएको बताए । 

लिभरपुलले प्रि–सिजन भ्रमण्मा बुधबार आरबी साल्जबर्गविरुद्ध खेल्नेछ । त्यस्तै क्लोपको टोलीले ३० जुलाईमा प्रिमियर लिगको विजेता म्यानचेस्टर सिटीविरुद्ध खेल्नेछ ।