भिएनएल

भिएनएलः पुरुषतर्फ सेमिफाइनल समिकरण पूरा

रोम । भलिबल नेसन्स लिग (भिएनएल) २०२२ अन्तर्गत पुरुषतर्फको सेमिफाइनल समिकरण पूरा भएको छ ।

इटालीको राजधानी रोममा बिहीबार सम्पन्न अन्तिम क्वार्टरफाइनलमा साविक उपविजेता पोल्यान्डले इरानलाई निराश पार्दै  अन्तिम चारमा स्थान बनायो ।

पोल्यान्डले इरानमाथि २५–२१ २४–२६ २५–१८ १६–२५ १५–७ को प्रतिस्पर्धात्मक सेटमा जित निकाल्दै सेमिफाइनल प्रवेश गर्ने अन्तिम टोली बन्यो ।

यसअघि समप्न्न क्वार्टरफाइनलमा अमेरिकाले साविक विजेता ब्राजिललाई २०–२५ २५–२२ २५–२३ २५–१७ को सेटमा हरायो । गत वर्ष अमेरिका क्वार्टरफाइनलबाटै बाहिरिएको थियो ।

त्यस्तै इटालीले नेदरल्यान्ड्सलाई २१–२५ २५–२२ २५–१३ २५–२२ को सेटमा तथा फ्रान्सले जापानलाई २६–२४ २५–१६ २५–२० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेका थिए ।

पुरुषतर्फको सेमिफाइनल खेलहरु शनिबारदेखि सुरु हुनेछन् । पहिलो  सेमिफाइनलमा पोल्यान्ड र अमेरिका तथा दोस्रो सेमिफाइनलमा इटाली र फ्रान्सबीच खेल हुनेछ ।