सहिद स्मारक सी डिभिजन लिग

सी डिभिजन लिगः आरसी ३२ र झापा विजयी

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगअन्तर्गत शुक्रबार भएको खेलमा आरसी ३२ फुटबल एकेडेमी र झापा फुटबल क्लबले जित निकालेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा आरसी ३२ ले स्वयम्भु क्लबलाई ३–२ ले र दोस्रो खेलमा झापाले पुल्चोक स्पोर्टस क्लबलाई १–० ले हरायो ।

आरसी ३२ को जितमा किस्मत लिम्बु, रोहन कार्की र विवेक सन्तोषीले एक एक गोल गरे । स्वयम्भुका पासाङ लामा र साहिल अधिकारीले एक एक गोल फर्काएका थिए ।

जितसँगै लिगमा आरसी ३२ ले तीन खेलबाट नौ अंक जोडेको छ । यस्तै, समान खेल खेलेको स्वयम्भुको भने एक अंक छ ।

यस्तै, दोस्रो खेलमा झापाका पेमा लामाले निर्णायक गोल गरे ।

जितसँगै झापाले तीन खेलबाट नौ अंक जोडेको छ । यस्तै, समान खेल खेलेको पुल्चोक भने अंकविहिन छ ।