च्याम्पियन्स लिग

च्याम्पियन्स लिग: क्वार्टरफाइनलकाे ड्र सार्वजनिक

लन्डन । युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा साविक विजेता चेल्सीले प्रतियोगिताको सर्वाधिक सफल टोली रियाल मड्रिडको सामना गर्ने भएको छ ।

शुक्रबार सार्वजनिक अन्तिम आठको ड्रमा स्पेनिस लिग लिडर मड्रिडले साविक विजेता  चेल्सीलाई प्रतिद्वन्दी पाएकाे हाे ।

यसबाहेक, सेमिफाइलन प्रवेशका लागि इङ्लिस लिग लिडर म्यानचेस्टर सिटीलाई स्पेनिस एथ्लेटिको मड्रिडले चुनौती दिने भएको छ ।

स्विट्जरल्यान्डको न्योनमा भएको ड्र अनुसार क्वार्टरफाइलनमा इङ्लिस क्लब लिभरपुल र जर्मन लिग लिडर बायर्न म्युनिखले केही सहज प्रतिद्वन्दी पाए ।

क्वार्टरफाइनलमा लिभरपुलले पोर्चुगिच क्लब बेन्फिका र बायर्नले स्पेनिस क्लब भियारियालविरुद्ध खेल्ने भएको छ ।

अन्तिम आठमा प्रवेश गर्ने क्रममा चेल्सीले लिल, रियाल मड्रिडले पेरिस सेन्ट जर्मन (पिएसजी), म्यानचेस्टर सिटीले स्पोर्टिङ लिस्वन, बेन्फिकाले आयाक्स, भियारियालले युभेन्टस, लिभरपुलले इन्टर मिलान, बायर्नले आरबी साल्जबर्ग र एथ्लेटिको मड्रिडले म्यानचेस्टर युनाइटेडको चुनौती पन्छाएका थिए ।