इन्डियन वेल्स मास्टर्स

इन्डियन वेल्सः नाडाल र अल्कारेज सेमिफाइनलमा

क्यालिफोर्निया । विश्व वरियताको चौथों स्थानका राफेल नाडालले इन्डियन वेल्स मास्टर्सको सेमिफाइनलमा १९औं स्थानका कार्लोस अल्कारेजसँगको भेट पक्का गरेका छन् ।

बिहीबार सम्पन्न अन्तिम आठमा दुबैले जित निकालेपछि फाइनल प्रवेशका लागि अनुभवी नाडाल र १८ वर्षीय युवा अल्कारेज भिड्ने भएका हुन् ।

क्वार्टरफाइनलमा नाडालले वरियताको १३औं स्थानका निक किर्गियसलाई ७–६ (६–०), ५–७, ६–४ को सेटमा हराए । यस्तै, अर्को खेलमा अल्कारेजले साबिक विजेता क्यायरुन नोरीलाई ६–४, ६–३ को सेटमा सहज जित निकाले ।

‘उसको सर्भ निकै राम्रो छ र पहिलो सर्भ नै कडा हुने भएकाले कीर्गियसविरुद्धको खेल सधैँ कठिन हुने गर्दछ,’ नाडालले भने, ‘मैले तेस्रो सेटमा राम्रो खेले । सर्भमा पनि म सटिक थिए । तर, पहिलो सेटमा खराव सर्भका कारण म निकै दबाबमा परेको थिए ।’

फाइलन प्रवेशका लागि नाडालले शनिबार अल्कारेजको सामना गर्नेछन् ।