खप्तड गाेल्डकप

खप्तड गोल्डकपः फाइनल प्रवेशका लागि मनाङ र शेर्पा भिड्दै

धनगढी । पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा बुधबार फाइनल प्रवेशका लिग दुई ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लब र हिमालन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुदैछ ।

धनगढी रंगशामा हुने खेल दिउँसो ०३ः०० बजेदेखि सुरु हुनेछ । सेमिफाइनल प्रवेश गर्ने क्रममा मनाङले गत बिहीबार भारतीय क्लब दिल्ली एफसीलाई २–१ ले पराजित गरेको थियो ।

यस्तै, ए डिभिजन क्लब हिमालयन शेर्पाले बाराको नव जागृति युवा क्लबको चुनौती ४–० ले पाखा लगाउदै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

फागुन १९ गतेदेखि सुरु भएको प्रतियोगितामा दुई विदेशीसहित १० टोलीको सहभागिता छ । मोफशलको सर्वाधिक पुरस्कार राशी भएको प्रतियोगिताको विजेताले २१ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।
सर्वोत्कृष्ट खेलाडीले भने एक लाख पाउनेछ । यस्तै, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले नगद २५ हजार प्राप्त गर्नेछन् ।