झापा गोल्डकप

झापा गोल्डकलः सेमिफाइनल प्रवेशका लागि आर्मी र एम एफसी भिड्दै

झापा । पाँचौ झापा गोल्डकपमा बुधबार त्रिभुवन आर्मी फुटबल क्लब र दार्जिलिङको एम एफसी भिड्दै छन् । यी दुई टोलीबीचको विजेताले प्रतियोगिताको सेमिफाइलनमा स्थान बनाउने छ ।

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा हुने खेल दिउँसो २ः३० बजेदेखि सुरु हुनेछ ।

लिग कम नकआउट प्रतियोगितामा सञ्चालन भइरहेको प्रतियोगितामा दुई विदेशी क्लबसहित १० टोलीको सहभागिता छ ।

फागुन २१ गतेदेखि सुरु भएको प्रतियोगितामा हालसम्म संकटा क्लब र सातदोबाटो युथ क्लबले सेमिफाइलनको टिकट काटिसकेका छन् ।

अन्तिम चारमा स्थान बनाउने क्रममा संकटाले नेपाल पुलिस क्लब र थ्री स्टार क्लबलाई पराजित गरेको थियो ।

यस्तै, सातदोबाटो युथ क्लबले जावलाखेल युथ क्लब र एपिएफ फुटबल क्लबको चुनौती पन्छाएको थियो ।

प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न खेलमा संकटाले थ्री स्टारलाई २–० ले पराजित गर्दै सेमिफाइलन प्रवेश गरेको थियो ।