इटालियन सिरी ए

बोगा एट्लान्टामा

मिलान । इटालियन सिरी ‘ए’ क्लब एट्लान्टाले सोमबार सासौलोका जेर्मी बोगालाई अनुबन्धन गरेको छ ।

एट्लान्टाले बोगालाई १८ मिलियन युरो अनुबन्धन गरेको हो । चेल्सीका पूर्व विंगर बोगा जारी सिजन बाँकी खेलका लागि सासौलोबाट लोनमा एट्लान्टा गएका हुन् । सिजनको अन्तिमपछि भने उनी स्थायी रुपमै एट्लान्टामै रहनेछन् । 

सन् २०१८ मा चेल्सीबाट सासौला भित्रिएका बोगाले सिरी ‘ए’ को ९८ खेलमा १८ गोल गर्नुका साथै सात गोलका लागि असिस्ट गरेका छन् । 

‘म निकै खुशी छु र मेरो परिवार पनि । म पहिलेबाटै एट्लान्टामा आउन चाहन्थे । अहिले भने मेरो इच्छा पूरा भएको छ,' बोगाले भने, ‘एट्लान्टा राम्रो टोली हो । एट्लान्टाले सिरी ’ए' मा आफ्नो उपस्थिती प्रमाणित गर्दै आएको छ । आशा छ टोलीको लक्ष्यमा मैले पनि योगदान पुर्याउन सक्छु ।'