इटाली

इटालीको राष्ट्रिय टोलीमा बालोटेल्लीको पुनरागमन

मिलान । इटालीले तीन दिनको बन्द प्रशिक्षणका लागि स्ट्राइकर मारियो बालोटेल्लीलाई टोलीमा फिर्ता बोलाउँदा योओ पेड्रोलाई पहिलो पटक टोलीमा समावेश गरेको छ ।

प्रशिक्षक रोबर्टो मान्चिनीले घोषणा गरेको ३५ सदस्यीय टोलीमा बालोटेल्लीले टोलीमा पुनरागमन गरेका हुन् । बालोटेल्लीले पछिल्लो तीन वर्षयता इटालीबाट खेलेका छैनन् । प्रशिक्षण यसै साताबाट बुधबारबाट शुक्रबार सम्म हुनेछ ।

३१ वर्षे बालोटेल्ली जुलाईमा टर्किस सुपर लिग क्लब एडाना डेमिस्फोरमा अनुबन्धन भएका थिए । उनले पछिल्लो चार खेलमा नौ गोल गरिसकेका छन् ।

पेड्रो, लुइस फिलिपेसहित मार्को कानेस्ची, जियोर्जियो स्क्लाभेनी, निको फागियोली, डेविड फ्रास्टसी र सामुइल रिची गरि सात खेलाडीले भने पहिलो पटक इटालीको राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।

मार्च २४ मा  युरोपियन च्याम्पियनसिप २०२० को विजेता इटालीले कतार विश्वकप २०२२ छनोटको प्लेअफमा नर्थ मासेडोनियाको सामना गर्नेछ । 

नर्थ मासेडोनियालाई हराएमा विश्वकप छनोटका लागि इटालीले पोर्चुगल र टर्कीबीचको विजेतासँग् प्रतिस्पर्धा गर्नेछ । सो खेलको विजेताले कतार विश्वकप २०२२ को टिकट पक्का गर्नेछ ।