इङ्लिस प्रिमियर लिग

ओल्ड ट्र्राफोर्ड जाने हल्ला निराधारः लेस्टर प्रशिक्षक रोजर्स

लन्डन । लेस्टर सिटीका प्रशिक्षक ब्रेन्डन रोजर्सलाई म्यानचेस्टर युनाइटेडको सम्भावित प्रशिक्षकको रुपमा हेरिएको छ ।

तर रोजर्स भने आफू ओल्ड ट्राफार्ड जाने खबरमा कुनै सत्यता नभएको बताउँछन् ।

इङलिस प्रिमियर लिगअन्तर्गत घरेलु मैदान ओल्ड ट्राफोर्डमा लिभरपुललाई ५-०  र म्यानचेस्टर सिटीलाई २-० को नतिजा सुम्पिएपछि युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरमाथि दबाब बढेको छ ।

तर रोजर्सले भने आफू लेस्टरमै रहने बताएका हुन् ।

‘म अहिले लेस्टर सिटीको प्रशिक्षक हुँ । म यहाँ जिम्मेवारीमा रहँदा रहँदै मेरो बारेमा चलाइएको हल्ला मेरो अपमान हो’, रोजर्सले भने, ‘यो खबरमा कुनै सत्यता छैन । युनाइटेड प्रशिक्षकविहिन छैन, त्यहाँ सोल्सायर अझै जिम्मेवारीमा छन् । म लेस्टरमै रमाइरहेको छु । बाहिर के हल्ला चल्छ, त्यो हाम्रो नियन्त्रणमा छैन ।’

लेस्टर प्रिमियर लिगको १२ औं स्थानमा छ ।