इङ्लिस प्रिमियर लिग

भिल्लाको यात्रा एन्फिल्ड पुनरागमनको सम्भावित कदम होइनः जेरार्ड

लन्डन । इङ्लिस प्रिमियर लिग एस्टन भिल्लाका प्रशिक्षक स्टेफिन जेरार्डले आफूले यो जिम्मेवारीलाई लिभरपुलको प्रशिक्षक बन्ने सम्भावित  कदमको रुपमा नलिएको बताएका छन् ।

जेरार्ड गत साता भिल्लाको प्रशिक्षकमा नियुक्त भएका थिए । उनी सन् २०२५ सम्म भिल्लामा रहनेछन् । 
जेरार्डको प्रशिक्षणमा रेन्जर्सले गत सिजन स्कटिस लिगको उपाधि जितेको थियो । यस सिजन पनि रेन्जर्स सेल्टिक भन्दा चार अंकले अघि छ । 

जेरार्डले आफूले भिल्लाको प्रशिक्षण सम्हाले पनि त्यो एन्फिल्ड फर्कने सम्भावित कदम नभएको बताएका हुन्  ।

‘म अहिले एस्टन भिल्लाको प्रशिक्षण सम्हाल्न आएको छु । मेरो जिम्मेवारी भनेको टोलीको लगातार खराब नतिजामा पूर्णविराम लगाउनु हो’,उनले भने, ‘भिल्लाको प्रशिक्षकको जिम्मेवारी पाउँनु नै मेरा लागि गर्वको विषय हो ।लिभरपुलमा योर्गान क्लोप छन् । उनको प्रशिक्षणमा टोलीले सुखद नतिजा ल्याइरहेको छ । लिभरपुल क्लोपसँग सन्तुष्ट छ । म उनी अझै लिभरपुलमै बस्दा खुशी हुन्छु ।’

जेरार्डको प्रशिक्षणमा रेन्जर्सले एक सय ९३ मध्ये एक सय २५ खेल जितेको थियो ।

जेरार्डको प्रशिक्षणमा भिल्लाले शनिबार प्रिमियर लिगमा बइटनविरुद्ध पहिलो खेल खेल्दैछ ।