आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसियाली छनोट

कतारमाथि नेपालको क्लिन स्विप

काठमाडौं । कतारमाथि एक सय नौ रनको सानदार जितसहित नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले तीन ट्वान्टी२० खेलको शृंखला क्लिन स्विप गरेको छ ।

नेपालले प्रस्तुत गरेको एक सय ६५ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २-० ओभरमा सात विकेट गुमाउँदै ५५ रन मात्र जोड्यो ।

कतारकी अलिना खानले १९ र कप्तान अलिसाले १३ रन जोडिन् ।

नेपालकी रुबिना क्षेत्री, सबनम राई र सरस्वती कुमारीले समान एक विकेट लिइन् ।

नेपालले पहिलो र दोस्रो खेल क्रमश एक सय १९ र ६१ रनको जितका साथ २० ले शृंखला आफ्नो पक्षमा पारिसकेको थियो ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ६४ रनको योगफल खडा गरेको थियो ।

नेपालका लागि ओपनर सिता राना मगरले अविजित ८२ रन बनाइन । त्यस्तै ज्योती पाण्डेले २४ रन बनाइन । 

कतारकी साक्षी, अलिसा र एन्जिलन मरेले समान एक विकृट लिइन । 

नेपाल आइसीसी महिला  ट्वान्टी विश्वकपको एसियाली छनोटका तयारीमा रहेको छ ।